images
images

मुगुलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ– मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे ३.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पले भएको क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ।

यसअघि गत असार २६ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ।