images

माओवादीका दुई मुख्यमन्त्री पदमुक्त हुँदै

काठमाडौँ–केन्द्र सरकारमा नेकपा एमाले र नेपाली काँग्रेसको सहकार्यमा सरकार गठन भएसँगै माओवादी प्रदेशमा समेत माओवादी केन्द्र अल्पमतमा परेको छ । नेपाली काँग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत भएकाले माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्मको सरकारमा झट्का लागेको हो ।

आइतबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका दुई जना आज पदमुक्त हुँदै छन् । वाग्मती र लुम्बिनी प्रदेश सभामा पनि विश्वासको मतमा मतदान हुँदै छ । काँग्रेस र एमालेको सहमतिपछि माओवादी मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र जोखबहादुर महरा स्पष्ट अल्पमतमा परेकाले आजैदेखि पदमुक्त हुने निश्चित छ । बाग्मतीमा पहिलो पटक काँग्रेसले मुख्यमन्त्री बनाउँदै छ । नुवाकोटका बहादुरसिंह लामालाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ ।

त्यसै गरी सुदूरपश्चिममा विशेष अधिवेशन आह्वान गरिएको छ । बजेट शून्यतापछि काँग्रेस एमाले सांसदहरूले माग गरेको विशेष अधिवेशन पर्सि हुँदै छ । एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घ सोडारीले अध्यादेशबाट बजेट ल्याउने प्रयास गरेका थिए ।