images

१२ औँ दिनसम्म पनि भेटिएनन् त्रिशुलीमा खसेका बस

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै बगेर त्रिशूलीमा खसेका दुई वटा बस तथा यात्रुको मंगलबार १२ औँ दिन पनि खोजी जारी छ ।

घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्‍याएर खोजतलास गर्न लागिएको हो ।

नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त खोजतलास गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार यो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज पुनः खोजतलास थालिएको छ ।

भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै फेरि त्यही ठाउँमा खोजतलास थालिएको उनले बताए । यसअघि भेटिएका भनेका २५ वटा शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यस घटनाभन्दा बाहिरको रहेको खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार पाल्पाको नदीमा हाम फालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये ६ जनाको सनाखत हुनसकेको छैन् । अस्ति आइतवारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ ।