images
images

बागमतीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, १० सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई बुधबार विहान सपथग्रहण गराएका हुन् । नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।

मुख्यमन्त्री लामाले शपथसँगै मन्त्रिपरिषद विस्तार गरको छन् । नवनियुक्त मन्त्रीहरुले पनि बुधबार नै शपथ लिएका छन् । बाग्मतीमा कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्री नियुक्त भएका छन् । उनीहरुको जिम्मेवारी पछि तोकिनेछ । त्यस्तै एमालेका ६ मन्त्रीले सपथ लिएका छन् ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS