images
images

सौर्य एयरलाइन्स दुर्घटना: एक विदेशीबाहेक सबैको शव आफन्तले बुझे

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेका छन्।

शुक्रवार ६ र शनिवार ११ जनाको शव परिवारले बुझेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

उनका अनुसार अब एक विदेशी नागरिकको शव मात्रै बुझाउन बाँकी छ। विमान दुर्घटनामा ओमानका नागरिक आरेफ रेडकाको ​पनि मृत्यु भएको थियो। उनका परिवारका सदस्य काठमाडौं आएपछि शव हस्तान्तरण गरिने छ।

बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेन्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS