
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिनका लागि सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
बैठक सोमबार बिहान साढे ११ बजे बस्ने गरी तय भएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
प्रधानको सुनुवाइ सकिइसकेको अवस्थामा प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनका लागि बैठक बोलाइएको हो ।
संसदीय सुनुवाइ समितिमा विचाराधीन रहेको प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत महिलामाथि यौन शोषण गरेको आरोप छ । यसअघि गत बुधबार प्रधानबारे सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले कुनै निर्णय गरेको थिएन ।