images
images

सिमलताल पहिरोमा हराएका दुई बस र ३७ यात्रु भेटिएनन्, खोजी रोक्ने तयारी

काठमाडौं । चितवनको सिमलताल पहिरोमा परेर त्रिशुलीमा खसेर दुईवटा बस र यात्रु बेपत्ता भएको आइतबार १७ औं दिन पुगेको छ।

नेपाली र भारतीय टोलीको निरन्तरको प्रयासका बाबजुद पनि ३७ यात्रुको अवस्था अझै अज्ञात छ।

बसमा ६५ यात्रु रहेकोमा तीन जनाले पौडिएर ज्यान जोगाएका थिए। बेपत्ता ६२ जनामध्ये हालसम्म २५ जनाको शव भेटिएको छ। त्यसमध्ये ४ शवको अझै सनाखत हुन सकेको छैन्।

विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली तथा भारतबाट आएको राष्ट्रिय विपद् रेस्पोन्स फोर्सको टोलीले सम्भव भएका सबै प्रविधि र उपाय लगाएर खोजी गरिरहेका छन्।

लगातार १६ दिनदेखि खोजी कार्य गर्दै आएका सुरक्षाकर्मीहरु पनि आजित बनेका छन्।

खोजीका लागि आएको भारतीय टोली आज फर्किने तयारीमा छ। नेपाली टोलीले पनि आजदेखि खोजी कार्य रोक्ने र त्यसका लागि आज सरोकारवालाबीच छलफल हुँदै छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS