images

दुबै हात नभएका गणेश प्रधानमन्त्री ओलीको सचिवालयमा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङका गणेश राईलाई सचिवालयमा नियुक्त गरेका छन् । उनले राईलाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू पहिलो पटक २०७२ असोज २४ गते प्रधानमन्त्री हुँदा राईलाई सचिवालयमा नियुक्त गरेका थिए ।

ओली प्रधानमन्त्रीबाट आउट भएपछि राईलाई पनि हटाएको नेकपा एमालेका नेता विशाल भट्टराईले जानकारी दिएका छन् । नेता भट्टराईका अनुसार ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि राईले प्रधानमन्त्रीको सचिवालयमा रहेर काम गरेका थिए ।

ओली फेरी प्रधानमन्त्रीबाट आउट भएपछि राईलाई पनि सिंहदरबारबाट हटाएको भट्टराईले बताए । ओली तेस्रो पटक प्रधानमन्त्री बनेपछि अपाङ्ग भएका राई पुन: सचिवालयमा फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले दुइ हात नभएको त्यो गणेश कता छ ? भन्दै खोजेका थिए । गणेश कतै नदेखेपछि खोटाङका नेतालाई सम्पर्क गर्न निर्देशन दिएका थिए । सहसचिव बिनोद कुवरले आँफैले सचिवालयमा राखेर काम लगाएको गणेशलाई सिंहदरबार बोलाए ।

प्रधानमन्त्री ओलीसँग भेटपछि राई सचिवालयमा नियुक्त भएका छन् । अरुले निर्दयी भएर लखेटेका गणेश राई जस्ता अपांगलाई क्षमता देखाएर जागिर खान पनि केपी ओलीनै चाहिने नेता भट्टराईले बताएका छन् ।