images

मनसुनजन्य विपद्ः हालसम्म १५० जनाको मृत्यु, ४९ जना बेपत्ता

काठमाडौं । यस वर्षको मनसुनजन्य विपद्मा परी हालसम्म १५० जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २५, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा ८ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा १७७ जना घाइते भएका छन् । विपद्मा फसेका १०८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण ३८४ घर डुबानमा परेका छन् । यही जेठ २८ यता भएका घटनाबाट ४ हजार २१९ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण ३८४ घर डुबानमा परेका छन् भने २५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७४३ वटा पशु चौपाया मरेका छन् । विपद्का घटनाबाट ४ हजार २१९ घर परिवार विस्थापित भएका छन् ।