images

सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प छैन: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन् ।

मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार सच्चिनुपर्ने बताएका हुन् । सभापति लामिछानेले राजनीतिलाई अहिले आम नागरिकहरूले चासोका साथ हेरेको पनि बताए ।अब जे पनि चल्दैन भन्ने कुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने उनको भनाइ छ ।

हरेक ठाउँमा युवा पुस्ताहरूले हस्तक्षेप सुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न सुरु गरे भन्ने सङ्केत देखिएको बताएका छन् ।

उनले भने, ‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । अब जे पनि चल्दैन भन्ने कुरा जुन सुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप सुरु भएको छ । राजनीतिक रूपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न सुरु गरे भन्ने सङ्केत दिएको छ । जनता जागिरहेका छन् । अब जनताले हरेक चिज हेरिरहेका छन् । सच्चिनु र सुध्रिनु बाहेक केही छैन । दुई तिहाइको सरकारलाई यो भन्दा ठुलो घण्टी अरू बज्दैन । ढाकछोप गर्नेतिर जानु भएन ।’

सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराएका छन् ।