images
images

पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशाले ६५ लाख पुरस्कार पाउने

काठमाडौं । फ्रान्समा जारी पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स, पारा ओलम्पिक्स, विशेष ओलम्पिक्स र विश्वकप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कारअनुसार सरकारले पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार स्वरूप दिनुपर्नेछ।

नियमावलीअनुसार स्वणर्पदक विजेतालाई सबैभन्दा धेरै १ करोड ३० लाख रुपैयाँ सरकारले दिनुपर्छ। यसैगरी रजत पदक जित्नेलाई ९७ लाख र कांस्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिनुपर्ने व्यवस्था छ।

पलेशासँगै सरकारबाट प्रशिक्षक र नेपाल तेक्वान्दो संघले पनि पुरस्कार पाउनेछन्।

प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ५ हजार तथा नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

पलेशाले सर्बियाली खेलाडीलाई १५(ले हराउँदै नेपालका लागि पहिलो ऐतिहासिक कांस्य पदक दिलाएकी हुन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS