images
images

राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरेका छन्।

प्रधानमन्त्री ओलीले थोरै समयमा सरकारले जनतालाई आश्वस्त गर्दै मुलुकमा राजनीतिक स्थायित्व र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेको दाबी गरेका हुन्।

बुधवार पार्टी मुख्यालय च्यासलमा पार्टी पोलिटब्युरो बैठक समापन समारोहमा बोल्दै उनले सरकारले मुलुकमा विद्यमान अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै विधिको शासनको पक्षमा दृढतापूर्वक उभिन चाहेको उल्लेख गरेको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बताए।

प्रधानमन्त्री ओलीले सरकारप्रति जनताको विश्वास बढ्दै गएको भन्दै त्यसलाई अझै उचाइमा पुर्‍याउन सरकार लागिपर्ने बताए। बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा कुनै पनि खाले निरङ्कुश, अराजक, अनुशासनहीनता स्वीकार्य नहुने चेतावनी दिए।​

उनले भने, ‘नेपाली काँग्रेस र नेकपा एमालेबिच सहमति गरेर मुलुकको स्थायित्व, स्थिरता र अर्थतन्त्रलाई लयमा फर्काउने काम गरेर जनतालाई आश्वस्त गरेका छौँ।’

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS