images

अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री ओली, मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको हो ।

२५ भदौदेखि १२ असोज अर्थात् सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा हुने राष्ट्र सङ्घको महासभाका लागि प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिएको बताइएको छ ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्री डा.आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत रहने छन् ।