images

प्रचण्डलाई ओलीको चेतावनी: हिंसाको महिमा मण्डन नगर्नुस् 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा ९माओवादी केन्द्र० र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको स्पष्ट पारेका छन् । उनले माओवादी युद्ध महान् थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गरेका छन् ।

जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरू प्रकारका रहरहरू लाद्न खोजे देशले स्वीकार नगर्ने प्रधानमन्त्री ओलीले बताए । झापा आन्दोलन ताका आफूले लिएका नीतिहरू पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्ति प्रक्रियामा आएको उनको जिकिर छ ।

प्रधानमन्त्री ओलीले भने, ‘निजामती सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नु छ । यसका निम्ति हामीले छलफल गर्छौँ । अहिले सरकारलाई धेरै अप्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरूको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरूको नै सरकार छ । त्यसो भएर त्यति अप्ठ्यारो छैन सङ्ख्याको हिसाबले । हामी छलफल गर्छौँ कुनै पनि हिसाबले अप्ठ्यारो नहोस् । हामीले टिआरसी बलि जस्तो त पास गर्‍यौँ, सहमतिले अहिले । हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन, आम रूपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ । हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो  । केही मानिसहरूले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान् थियो भने किन छोडेको त त्यो बाटो रु किन आउनुपर्‍यो  शान्ति प्रक्रियामा रु त्यस्तो महान् जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जन आन्दोलन हो भने पनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरू प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ । मैले पनि झापा आन्दोलनताका जुन नीतिहरू लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरूले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । बदल्नुपर्दथ्यो, बदलियो पनि । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरू त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान् थियो, महान् हिंसाले ।।। । मानी लिऔँ, कोही मान्छे जन्मिनु भन्दाअघि यस देशमा घामै उदाउँदैन थियो कि, वर्षै हुँदैन थियो की भनेजस्तो । हामी अब निजामती सेवा ऐनलाई ऐनको रूप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसद्मा पेस गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ भन्छौँ नि म । समय आएको छ ।’

प्रधानमन्त्री ओलीले हिंसाको बाटोतिर पुनः जानु नहुने पनि बताएका छन् ।