images

जिप दुर्घटनामा आमासँगै अस्ताइन् पुथा उत्तरगंगाकी उपाध्यक्ष

काठमाडौं । बागलुङमा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष ३२ वर्षीया भुपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय जसबहादुर श्रीपालीको मृत्यु भएको हो ।

शुक्रबार बिहान पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी जिप बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

घटनास्थलबाट चालक प्रेमबहादुर पुनको जीवितै उद्धार गरिएको छ। उनीको धौलागिरि अस्पतालमा उपचारका भइरहेको छ । प्रजिअ सुवेदीका अनुसार उनीलाई भर्खरै होस आएको छ ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।