images
images

असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवारदेखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजको बैठकले अग्रिम टिकट बुकिङको मिति तय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन्।

दशैँका लागि कति वटा गाडी चलाउने भन्नेबारे यातायात व्यवसायी महासङ्घले केही दिनमा निर्णय गर्ने उनको भनाइ छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्नेसहितका सहमति भई अग्रिम बुकिङ खुलाउने निर्णय भएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS