images

आइतबारदेखि दसैँका लागि सुकिला नोट साट्न पाइने

काठमाडौं । यस वर्षको दसैँका लागि आइतवारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैँकका अनुसार यस वर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।

बैँकको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बताइएको छ ।

साथै इजाजत पत्र प्राप्त बैँक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।