
काठमाडौं । काठमाडौंको बौद्धमा जुवा तास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका– ६ बौद्ध रामहिटीस्थित रामनगर पार्टी प्यालेस नजिकै सूर्य भन्ने रामबहादुर सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रहरीले उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको छ।
प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।