
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ । उहाँको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्रा. डा. घनश्याम गुरुङले विज्ञप्तिमा निकालेर जानकारी गराउनुभएको छ । राष्ट्रपति पौडेल बिहान अस्पताल भर्ना हुनुभएको थियो । अहिले उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।