काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले सुदुरपश्चिम रोयल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो । चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए । कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए । बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।