काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै छ ।
खेल मलेसियाको जोहोर एकेडेमी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । नेपाल र मलेसिया दुवै समूह चरणबाट बाहिरिइसकेका छन् ।
मलेसिया समूह ‘ए’ को तथा नेपाल समूह ‘डी’ को चौथो स्थानका रूपमा प्लेअफमा आज खेल्न लागेका हुन् । पहिलोपटक विश्वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सीधै विश्वकपमा स्थान बनाएको थियो । नेपालले एसिया छनोट जितेर विश्वकपमा प्रवेश गरेको थियो ।
अर्को प्लेअफ खेलमा पाकिस्तान र सामोआ खेल्ने छन् । दुई खेलपछि रनरेटका आधारमा टिमहरू १३औं देखि १६औं स्थान हासिल गर्ने छन् । हालको अवस्थामा नेटरनरेटमा नेपाल सबैभन्दा अगाडि छ ।
नेपालले मलेसिया र पाकिस्तानले सामोआलाई हराएमा नेपाल र पाकिस्तानमध्ये एक टोली १३औं वा १४औं हुनेछन् ।