images

माओवादी नेताहरूको कार्यविभाजनः जनार्दनलाई संगठन र वर्षमानलाई अर्थ, नन्दबहादुरले पाए आर्थिक उत्पादन संयन्त्रको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका नेताहरूको नयाँ कार्यविभाजनसहित अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।
गत माघ २१ गते बसेको पार्टीका पदाधिकारीहरूको बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको नयाँ कार्य विभाजन गरेको हो । आइतबार महासचिव देव गुरुङले जारी गरेको  अपानिअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख र उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीलाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ ।
यस्तै उपमहासचिव जनार्दन शर्मालाई संगठन विभाग प्रमुख, उपमहासचिव वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतलाई प्राकृतिक स्रोत, व्यवस्थापन क्षेत्र संयोजक, सचिव लीलामणि पोखरेललाई ऊर्जा, जलस्रोत सिँचाइ विभाग प्रमुख र केन्द्रीय सदस्य युवराज दुलाललाई उपप्रमुखको जिम्मेवारी तोकिएको छ ।
पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रको आर्थिक उत्पादन संयन्त्र इन्चार्जको जिम्मेवारीमा राखिएको छ ।