images

डडेल्धुरामा सासु–बुहारीको निसास्सिएर मृत्यु

काठमाडौं– घरभित्र निसास्सिएर डडेल्धुरामा सासु–बुहारीको मृत्यु भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–१, मालमका ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरू सासु–बुहारी हुन्।

दुवै जना सोमबार बिहान बेहोस भेटिएका थिए। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो। अस्पताल  पुर्याउने बित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

गएराति दुवै जना आगो बालेर सुतेका थिए। झ्याल ढोका बन्द गरेकाले निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।