images

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुरले कांग्रेस कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । आगामी मङ्गलवार बस्ने गरी देउवाले बैठक आव्हान गरेका हुन् । बैठक पार्टी सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने कांग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

No description available.