images
images
images

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि तीन खेल हुँदै

काठमाडौं प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुँदै छन् । आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्ने छन्। यो खेल भैरहवास्थित सिद्धार्थ रंगशालामा बिहान ९ बजे हुने छ । बागमतीले आफ्नो पहिलो खेलमा लुम्बिनीसँग हार बेहोरेको छ भने आर्मीको यो पहिलो खेल हो।

त्यस्तै अर्को खेल लुम्बिनी र नेपाल पुलिस क्लबबीच हुने र यो खेल तिल्लोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा सोही समयमा सुरु हुने तालिका रहेको छ। लुम्बिनी प्रदेशले पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो भने नेपाल पुलिस क्लबको यो पहिलो खेल हो।

त्यसैगरी आज हुने तेस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ। यो खेल दाङको लमहीस्थित  देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजे नै हुने छ। सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा कर्णालीसँग हार बेहोरेको थियो भने गण्डकीले आज पहिलो खेल खेल्दै छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS