images
images

माइतीघर खुला गर्न माग गर्दै प्रर्दशनमा उत्रेका राजेन्द्र महतोमाथि प्रहरीकाे लछारपछार

काठमाडौं–लामो समयदेखि निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर मण्डला लगायतका क्षेत्रलाई खुला गर्न माग गर्दै सडकमा आएका राजेन्द्र महतो सहितका नेता कार्यकर्ताहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

बुधबार राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको हो ।

प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले नेता महतो सहितलाई सडकमै लछार,पछार गरेको हो । महतोले सोमबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS