images

मिर्चैया नगरपालिमा तोडफोड गर्ने कार्यमा संग्लनलाई तत्काल कारबाही गर्न माग

सिरहा- सिरहाको मिर्चैया नगरपालिमा तोडफोड गर्ने कार्यमा संग्लनव्यक्तिलाई  तत्काल कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयसँग नगरपालिकाले कार्वाहीको माग गरेका हाे ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरे । मंगलबार नगरपालिकाले  पत्रकार सम्मेलन गर्दै पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनता देखाएकाे आरोप लगाएको छ । प्रशासनकाे माैनताका कारणा आफूहरु सशंकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने पालिकाले जाेड दिएकाे छ ।

मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउन माग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ।’

श‌ंकाकै बिच पनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई श‌ंकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफैँ पनि घाइते हुनु भएको छ। दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौं।’

मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०/४० जनाको समूहमा आएका उश्रृखल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन्।

गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ।  उनले वडा कार्यालयका सबै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए।

पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमुख,  विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे।