images
images

सम्पूर्ण करार कर्मचारीलाई स्थायी गर्न सरकारसँग प्रभु साहको माग

काठमाडौं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारसँग तलो तह र श्रेणिविहीन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन्।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकारले ती कर्मचारीको वृद्धि विकास लगायतका सेवा सुविधा रोकेको आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै भने, ‘तलो तह र श्रेणिविहीन करारमा काम गर्ने कर्मचारीको वृद्धि विकास र पेन्सन किन रोक्नु भयो ? ‘अन्य कर्मचारीको वृद्धि विकास, ग्रेड बढुवा हुने, स्तर वृद्धि हुने, पेन्सन पाउने तर तलो तहमा काम गर्ने श्रेणी विहीन करार कर्मचारीले यी सुविधाहरू किन नपाउने ? सरकारले यी कर्मचारीलाई किन हेपेर, पेलेर राखेको छ ?, काम गराउने तर सेवा सुविधाबाट वञ्चित गर्न कसरी मिल्छ ?’ उनले यी कर्मचारीलाई हेप्ने, पेल्ने दृष्टिबाट सरकार मुक्त भई सेवा सुविधा अन्य कर्मचारी जस्तै दिनुपर्ने माग समेत गरे।

उनले चालक, माली, कार्यालय सहयोगी सहितका तलो तह र श्रेणी विहीन करार कर्मचारीहरूलाई सरकारले यथाशीघ्र स्थायी गरी अन्य कर्मचारी जस्तै सबै सेवा सुविधा दिनुपर्ने जोडदार रूपमा माग गरे। सरकारले यथाशीघ्र आफूहरूको माग सुनुवाइ नगरे त्यसका लागि जस्तोसुकै सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिए।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS