 
                                काठमाडौं । काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा अपराह्न ४ बजे बस्नेछ।
सहकारीमा ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा गएपछि रास्वपाले आफ्नो दिशा तय गर्न बैठक बोलाएको हो।
समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। बैठकमा पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधिबारेमा छलफल हुने उनले बताए।
बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने बताइएको छ।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        




