 
                                काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा पूर्वनवयुवराज हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिँदै राजा बन्ने सपना भने नदेख्न चेतावनी दिएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन्।
उनले पूर्वनवयुवराज हृदयेन्द्रलाई राजा हुने सपना नदेख्न चेतावनीसमेत दिए। केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन्। पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ।
प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए। उनले सामाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत बताए।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        




