images

९ बुँदे सहमतिसँगै शिक्षकहरुको आन्दोलन फिर्ता, बिहीबारदेखि विद्यालय खुल्ने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।

सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिए ।