images
images

शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारीले गरे आन्दोलनको घोषणा

काठमाडौं विद्यालय कर्मचारीले नयाँ आन्दोलनको घोषणा गरेका छन् नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले शुक्रबार चरणवद्ध आन्दोलन घोषणा गरेको हो

परिषद्ले बब्बन मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए

तर, सरकार शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन्
सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख

सरकारसँग भएको बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन्

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS