images
images

‘सरकार जीबी राईलाई कहिले पक्राउ गर्ने हो ?’ 

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसद पराजुलीले सरकार सञ्चालनको १० महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएकोप्रति आपत्ति जनाए । उनले सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्तासमेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको आरोप लगाए ।

‘तपाईंकै पार्टीले सरकार सञ्चालन गरेको १० महिना पूरा भइसक्यो । जीबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ रु जनताले प्रश्न सोध्ने गरेका छन् । बाहिर आएअनुसार १६ अर्बमध्ये सात अर्बमात्र जीबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो । नौ अर्बको भागीदार कोको हुन् भन्ने तथ्यको उजागर हुने हुँदा जीबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दै छन् नि । के त्यस्तै हो ?,’ उनले प्रश्न गरे ।

सांसद पराजुलीले रास्वपाले सहकारीपीडितका मुद्दा उठाउँदै आएको र अघिल्लो वर्ष नै सरकारले पीडितको रकम फिर्ता गर्न सुझाव दिएको पनि स्मरण गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS