images
images

आगामी बजेटको सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस (पूर्णपाठसहित)

काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रस्ताव पेस गरेका हुन्।

उनले संसद्ले पारित गरेको नीति तथा कार्यक्रम अनुरूप सिद्धान्तहरूका आधारमा बजेट आउने बताए।

मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सबल अर्थतन्त्र निर्माण गर्ने, उत्पादनमुखी विकासको ढाँचा अवलम्बन गर्ने, उद्यमशीलता र उत्पादकत्व अभिवृद्धि गर्न नवीनतम प्रवृत्तिको प्रयोगलाई प्रवर्द्धन गर्ने पौडेलको भनाइ छ।

अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्र मैत्री, प्रतिस्पर्धी र  आत्मनिर्भर  अर्थतन्त्र निर्माणमा जोड दिने उनले बताए।

अर्थमन्त्री पौडेलले समाजवाद उन्मुख अर्थतन्त्रको आधार शिला तयार बनाउने बताए। उनले सन्तुलित र समावेशी विकासका लागि संघ प्रदेश र स्थानीय तह तथा साझेदारी, निजी, सहकारी र समुदायबीचको सहकार्यलाई समन्वय र सुदृढ बनाइने उल्लेख गरे।

संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचिलाई बजेट कार्यान्वयनको मुख्य आधार बनाइने समे उनले जानकारी दिए।

https://drive.google.com/file/d/1fnx68ZBPlnfT7JvaUBqr03nIQ7xdJuuZ/view

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS