
काठमाडौं । २०८२ को वैशाख महिनामा दुर्घटनामा परेर २४५ जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् । यसैगरी दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् ।
वैशाखमा ४ हजार ५६५ सवारी साधन दुर्घटनामा परेको तथ्यांक छ । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५६५ सवारी साधन संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् ।
वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।