images
images
images

स्पेस फोरके टेलिभिजनको समाचार प्रमुखमा पौडेल नियुक्त

काठमाडौं । एमआर मिडिया ग्रुपद्वारा संचालित स्पेस फोरके टेलिभिजनको समाचार प्रमुखमा चिरन पौडेल नियक्त भएका छन् । एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष डा. दिनेशकुमार शाहीले उनलाई स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा बोल्दै पौडेलले समाचार सत्य र निष्पक्ष हुनुपर्नेमा जोड दिए । बढ्दो प्रविधिलाइ भरपुर प्रयोग गर्दै जनताको हितलाई शीरोपर गरि सत्यतथ्य सूचना प्रसारण गर्नु टेलिभिजनको मुख्य लक्ष्य रहने उनको भनाइ थियो ।

पौडेललाई संस्थाका कार्यकारी निर्देशक बाबुराम भुसाल र प्रमुख कार्यकारी अधिकृत पुष्पराज गिरीले पनि स्वागत गरेका थिए ।

पौडेलसँग विगत १७ वर्षदेखि नेपाली पत्रकारितामा काम गरेको अनुभव छ । उनी पछिल्लो समय कान्तिपुर टेलिभिजनमा कार्यरत थिए ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS