images
images

‘गुण्डा नाइके’ चक्रे मिलन समूहका आशिष गुरुङ पक्राउ

काठमाडौं, १६ चैत ।

‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य आशिष गुरुङ पक्राउ परेका छन्। फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

गुरुङले फसेको रकम उठाइदिने भन्दै सम्झना नकर्मीबाट ५० हजार लिएका थिए। प्रवक्ता थापाका अनुसार नकर्मीलाई कविता थापा, अनिता शाही, र बबिता शाक्यले ८ लाखको रकम नभएको चेक दिएका थिए।

उक्त रकम उठाइदिने भन्दै गुरुङले रकम लिएपछि काम नगरेको भन्दै पीडितले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रवक्ता थापाले जनाए। गुरुङ महाराजगञ्ज क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS