पोखरा, १६ माघ । मनाङबाट निर्वाचित भए लगत्तै पक्राउ परेका दिपक मनाङेकाे नाममा चर्चित रहेका राजिव गुरुङलाइ जेलबाट छुटेर सांसदकाे सपथ गराइएकाे छ ।
दिपक मनाङेलाइ गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले साेमबार प्रदेस सभा सदस्यको पद तथा गोपनियताको सपथ खुवाएका हुन ।
मनाङ ख बाट स्वतन्त्र निर्वाचित मनाङेलाई ज्यान मार्ने उद्योगमा पाटन उच्च अदालतबाट ५ बर्ष कैद सुनाइएको थियो । सपथ खान नै नपाई उनी डिल्लीबजार कारागार चलान भएका थिए । जेलबाटै उनले मुद्दा पुनरावलोकनका लागि गरेकाे निवेदनमाथि सर्बोच्चले गएको पुस ६ गते थुनामुक्त गर्ने आदेश दिएको थियो।
थुनामुक्त लगत्तै मनाङेले गएको पुस ११ गते गण्डकी प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउ भन्दै निवेदन दर्ता गराएका थिए। नयाँ फौजदारी सहिता अनुसार १० बर्ष भन्दा कम सजाय अदालतले फैसला सुनाएकालाई जेल बाहिर रहेर मुद्दा लड्न पाउने व्यवस्था छ।
थुनाबाहिर भए पछि सपथका लागि निरन्तर लबिङमा थिए। अन्ततः उनी आजदेखी गण्डकी प्रदेश सभा सदस्य बनेका हुन।


 स्पेस समाचार
                                                                                स्पेस समाचार                                     
                                                        






