images
images

२०७६ सालका लागि सबै विदा घोषणा

काठमाडौं । सरकारले सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो।

पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ। पर्व बिदाअन्तर्गत नववर्ष वैशाख १, शिवरात्रि फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा दिइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए।

त्यस्तै, सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइने छ। किराँत/राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वका अवसरमा समेत सरकारले बिदा दिएको छ। छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मंसिर २६, इसाई धर्मावलम्बीहरूको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्रान्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ।

महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ। यसैगरी शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ। जात्रा बिदामा काठमाडौं उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा दिइने भएको छ। गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने छ। यस्तै, सरकारले दशै बिदा पाँच दिन दिने भएको छ।

फूलपातीदेखि एकादशीसम्म ९असोज १८–२२० सम्म दशैँ बिदा हुनेछ। लक्ष्मीपूजादेखि भाईटीकासम्म तीन दिन तिहार बिदा हुनेछ। यसैगरी दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस (वैशाख १८), संविधान दिवस (असोज ३), अन्तर्राष्ट्रिय महिला दिवस (फागुन २५) र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (मङ्सिर १७) अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ। जन्मजयन्ती बिदामा बुद्ध जयन्ती (जेठ ४), सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती (कात्तिक २६), फाल्गुनन्द जयन्ती (कात्तिक २५) बिदा दिइने छ। सरकारले केही दिवसलाई राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाएको छ।

गणतन्त्र दिवस (जेठ १५), निजमती दिवस (भदौ २२), राष्ट्रिय एकता दिवस (पुस २७), राष्ट्रिय शहीद दिवस (माघ १६), राष्ट्रिय शहीद दिवस (माघ १६), राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७), जातीय भेदभाव तथा छूवाछूत उत्नमूलन राष्ट्रिय दिवस (जेठ २१) लाई राष्ट्रिय दिवसका रूपमा मनाइए पनि कार्यालय भने खुल्ला रहनेछन्। यसैगरी विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्नेछन्।

अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर बिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदी जस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यलयहरुले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पुर्‍याइ सट्ट बिदा बस्न सक्नेछन्। वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS