images

२० प्रतिसत बढ्यो तलव

ओली सरकारले सरकारी कर्मचारीको तलव वृद्धि गरेको छ । बुधवार बजेट बक्तब्य मार्फत उक्त वृद्धि गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राजपत्र अनंकित् कर्मचारीको तलवमा २० प्रतिशतका दरले र राजपत्रांकित कर्मचारीको हकमा १८ प्रतिशतका दरले तलव वृद्धि गरिएको घोषणा गरे ।

यो संगै खरिदारको तलव ४ हजार भन्दा बढीले बढेको छ भने शाखा अधिकृतको करीब ५ हजार ५ सय वृद्धि भएको छ । त्यसैगरी सचिवको तलव करीव १० हजारले बढेको छ । नयाँ तलव स्केल साउन १ गते बाट लागू हुने बताइएको छ । यो वृद्धि शिक्षक, प्राध्यापक लगायत सबै सरकारी सेवकमा लागू हुने भनिएको छ ।

सरकारको आगामी आर्थिक वर्षको बजेट चालू खर्च तर्फ ९ खर्ब ५७ अर्ब र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ रहेको १५ खर्ब ३२ अर्बको बजेट रहने भएको छ ।