images
images

‘सहिदको रगत’ सार्वजनिक

काठमाडौँ, २६ साउन । साहित्यकार सुव सेनको इतिहास नाटक ‘शहीदको रगत’को सार्वजनिक गरिएकाे छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् ।

सेन पूर्व सभासद् र पूर्व अञ्चलाधीश पनि हुन् । राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको यथार्थ कथामा पुस्तक आधारित छ ।

लेखक सेनले देश र जनताका लागि छातीमा गोली थापेर आफ्नो जीवन बलिदान दिने अमर शहीदलाई समाजले बिर्सन थालेको तथा अपराध कर्ममा लागेर मृत्यु भएकालाई पनि शहीद घोषणा गरेर रु १० लाख लिने प्रवृत्तिबाट चिन्तित भएर कृति तयार गरिएको बताए ।

इतिहासकार रिमालले पुस्तक इतिहासको ज्यूँदो दस्तावेज भएको बताउनुभयो भने समालोचक डा सुवेदीले पुस्तकलाई भावी पुस्ताले रंगमञ्चीय प्रस्तुतिमा ल्याउने अपेक्षा व्यक्त गरे ।

नाटककार मल्लले पुस्तकमा इतिहासका घटनाका क्रमलाई सिलसिलाबद्धरुपमा प्रस्तुत गरिएको बताए । समाजका महासचिव टंक पन्तले शहीद मर्दछ तर त्यसपछि उसको शासन प्रारम्भ हुन्छ भन्ने बोध गराउन पुस्तक सफल रहेको टिप्पणी गरे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS