images

१३ जिल्लाका १५ सडक पूरै ठप्प, निस्कदा सचेत बन्न प्रहरीको आग्रह

काठमाडौं, २९ असार । नेपाल प्रहरीले देशका १३ जिल्लाका १५ वटा सडक बाढी र पहिराेले असर पुर्याएकाे र ती सडक भएर निस्कदा पहिल्यै सचेत बन्न अाग्रह गरेकाे छ ।

हप्ता दिनदेखि जारी अबिरलपछि गएकाे बाढी र पहिरोका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाइसकेका छन् । साथै ३५ जना बेपत्ता छन् । माैसम विभागले अझै पानी पर्ने सम्भावना रहेकाेले सचेतता अपनाउन अाग्रह गरेकाे छ ।

यसैक्रममा नेपाल प्रहरीले देशभरका १५ वटा सडकलाइ बाढी पहिराेले असर पुर्याएकाे जनाएकाे हाे । प्रहरीले बाढी र पहिरोका कारण धेरै ठाउँका सडकमा अवरोध पु¥याएका कारण आफूले यात्रा गर्नुपूर्व सडकको अवस्थाबारे जानकारी लिन पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अहिले देशभर करिब १५ ठाउँका सडक बाढी र पहिरोका कारण ठप्प छन् । प्रहरीका अनुसार बाढी र पहिरोका कारण ठप्प रहेका सडकहरु निम्नानुसार छन्:

मुस्ताङ: २७ गते १५:३० बजेबाट मुस्ताङ थासाङ गाउँपालिका–४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव पढी बेनी जोमसोङ जाने सडक अवरुद्ध

मनाङ: २७ गते ०६:०० बजेबाट नासो गाउँपालिका– १ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाढ सडक अवरुद्ध

उदयपुर: २७ गते १४:०० बजेबाट खोटाङ नगरपालिका– १४ धुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आई अवरुद्ध

उदयपुर: २८ गते १५:०० बजेबाट साउनेबाट फोक्सिनटार जाने सडक अवरुद्ध

ओखलुढुंगा: २७ गते १४:०० बजेबाट मानेभन्ज्याङ गाउँपालिका–७ सिद्धिचरण राजमार्ग बाढीले अवरुद्ध

ललितपुर: २७ गते ०५:०० बजेबाट भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौ‌ंडा जाने सडक खण्ड अवरुद्ध

मकवानपुर: २६ गते ०८:४० बजेबाट ईन्द्रसरोबर गाउँपालिका– ५ महालक्ष्मी खोलानजिक पहिरो आइ फाखेल हुँदै काठमाण्डौं आउने सडक खण्ड अवरुद्ध

मकवानपुर: २७ गते १४:०० बजेबाट ईन्द्रसरोबर गा.पा.२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्ड अवरुद्ध

रामेछाप: २८ गते १४:०० बजेबाट मन्थली न.पा. ६ सेलेघाट भन्ने स्थानमा पहिरो आइ मन्थलीबाट काठमाडौं आउने सडक खण्ड अवरुद्ध

भोजपुर: २८ गते ०५:०० बजेबाट भोजपुर न.पा. १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरुद्ध

धनकुटाट: २८ गते १३:०० बजेबाट पाख्रिबास न.पा. ५ स्थित हिले भोजपुर सडक खण्ड पहिरो गई अवरुद्ध

रौतहट: २८ गते १४:०० बजेबाट चपुरबाट गौर सडक खण्ड अवरुद्ध

महोत्तरी: २८ गते १३:०० बजे जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरुद्ध

पाल्पा: २८ गते १५:०० बजेबाट तिनाउ गा.पा.३ सिद्धबाबा नजिक पहिरो गई सिदार्थ राजमार्ग अवरुद्ध

कालिकोट: २८ गते २०:३० बजेबाट सुभकालिका गा.पा-१ स्थित गगने खोलामा पहिरो खसी सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध