images
images

‘पासवर्ड’को लागि सन्नी लियोनी नेपाल आउने

पोर्न स्टार भएपछि बलिउडमा आएकी भारतीय चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियो संदेशमार्फत नेपाल आउन लागेको बताएकी हुन्।

उनको नेपाल आउनुको कारण भने ‘पासवर्ड’ रहेको छ । नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन् ।

उनले भिडियोमार्फत ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी गराएकी छिन् । उनी ३ दिन नेपाल बस्ने बताइएको छ । उक्त फिल्म भदौ १३ बाट प्रदर्शन हुने तयारीमा छ ।

सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ फिल्ममा एक्सन थ्रीलरमा बनेको भनिएको छ। यस फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी (विक्की), विक्रान्त बस्नेत, बुद्धि तामाङ, छुल्ठिम गुरुङ,रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले अभिनय गरेका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS