images
images

११ वर्षपछि पनि जिब्रो छेड्ने जात्राको निरन्तरता

भक्तपुर, २१ भदौ । मध्यपुर थिमिमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा मनाइएको हो ।

मध्यपुर थिमि नगरपालिका वडा नं ५ का २९ वर्षका वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडेर यो जात्रालाई लोप हुनबाट जोगाएका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाको दिन बेलुका करिब ८ः०० बजे थिमिकै दिगुु टोलस्थित दिगुभैरव मन्दिर अगाडिको डबलीमा नातु अर्थात् सुइरोले जिब्रो छेडाएको थियो ।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसबाट पीडित भएपछि थिमिका जनतालाई दुःखबाट छुटकारा दिलाउन थिमिका आरध्यदेवी बालकुमारीको साधना गरेपश्चात् भाद्र शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्तिको रहेको भन्दै भागेको जनश्रुति रहेको बताए ।

जिब्रो छेड्ने दिनलाई द्यः दुसालेगु भन्ने गरेको र त्यसदिन बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्ने प्रचलन छ ।

कला र संस्कृतिले धनी मध्यपुर थिमिमा प्रत्येक वर्षको वैशाख २ गते बोडेमा मनाउने जिब्रो छेड्ने जात्रा भने हरेक वर्ष सञ्चालन भइरहेको छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS