images
images

२४ घण्टामा दुई लाख यात्रु काठमाडौंबाट बाहिरिए

काठमाडौं, १६ असोज । वडादशैं नजिकिएसँगै काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै २ लाख बढि यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार वितेको २४ घन्टामा ७२ हजार ५ सय ७३ गाडीमा २ लाख २१ हजार ३६९ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

अस्ति १७ हजार ६ सय गाडीमा २ लाख यात्रु बाहिरिएकामा पछिल्लो २४ घन्टामा उपत्यका बाहिरीने यात्रुको संख्या झन् बढेको हो। फुलपाती लागेसँगै सरकारी तथा निजी कार्यालयहरु बन्द हुने भएकाले अझै चाप बढ्ने महाशाखाको अनुमान छ। दशैंमा बर्षैनी २० लाख भन्दा धेरै मानिस काठमाडौैंबाट बाहिरिने गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS