images

४ वर्षीया छोरीलाई बाबुद्धारा कुटपिट गरी हत्या

कन्चनपुर, १५ पुष । कन्चनपुरका एक पिता आफ्नी ४ वर्षीया छोरीको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । भिमदत्त नगरपालिका १८ सुकुम्बासी टोलमा बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनारालाई सोमबार साँझ ४ वर्षीया छोरी सुशिलाको हत्या अभियोगमा पक्राउ गरिएको हो ।

मादक पदार्थ सेवन गरेका इन्द्र बहादुरको कुटपिटबाट घाईते भएकी शुसिलाको अंचल अस्पताल महाकालीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।