images
images

‘प्रधानमन्त्री सिंहदरबारमा नजाने भए ताला लगाइदिऊँ’

काठमाडौँ, ५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाटै सरकार चलाएकोमा आपत्ति जनाएका छन् । आइतवारको राष्ट्रिय सभामा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओली सिंहदरबार नै नआउने हो भने ताल लगाउन अनुरोध पनि गरे ।

‘प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउनै छाडेका छन्। राति सुत्न प्रयोग गरिने बालुवाटारबाटै शासन चलाइरहेका छन्’, उनले भने, ‘देशको प्रशासनिक केन्द्र सिंहदरबार अहिले खाली छ । प्रधानमन्त्री नगएपछि काम नलाग्ने भएको सिंहदरबारमा ताला लगाउने हो कि रु’

सांसद रायमाझीले देशको कार्यकारी प्रमुखलाई भेट्न हरेकले उनी सुत्ने ठाउँमा पुग्नु परिरहेको गुनासो गरे। सांसद रायमाझीले प्रधानमन्त्रीले कुनै व्यवसायिक संस्थाको डाइरेक्टर जस्तो भएको आरोप पनि लगाए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS