images
images

३ महिनापछि टिममा फर्किए म्याक्सवेल

केहि समय क्रिकेटबाट विदा लिएका अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल करिब ३ महिनापछि टिममा फर्किएका छन् । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध आउने महिना हुने सिरिजको लागि टिम घोषणा गर्दा म्याक्सवेल पनि टिममा परेका छन्।

मानसिक स्वास्थ्यको कारण म्याक्सवेलले गत कात्तिकमा क्रिकेटबाट विश्राम लिएका थिए। श्रीलंकाविरुद्ध घरेलु टिम अष्ट्रेलियाले तीन खेलको सिरिज क्लिन स्वीप गर्दा म्याक्श्वेलले अघिल्लो दुई खेल मात्रै खेलेका थिए। उनको स्थानमा अष्ट्रेलियाले डिअर्ची शर्टलाई टिममा बोलाएको थियो ।

म्याक्सवेल अष्ट्रेलियाको टि–२० र एकदिवसीय दुबै फम्यार्टको टिममा परेका हुन्। उनी अष्ट्रेलियाका सबैभन्दा राम्रा अलराउण्डर हुन्।म्याक्सवेलसँगै टिममा माथेव वाड र मिचेल मार्सलाई पनि क्रिकेट अष्ट्रेलियाले टिममा बोलाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS