images
images

‘बले’ र प्रिज्मा खतिवडा प्रेम सम्बन्धमा, तस्बिर सार्वजनिक

काठमाडौं, २० माघ । चर्चित टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका पछिल्लो समयको चर्चित मोडल सागर लम्साल क्षेत्री उर्फ बलेले पहिलोपटक प्रेमिका सार्वजनिक गरेका छन् । कलाकारहरुको प्रेम सम्बन्धले मिडियामा बेला बेला चर्चा पाइरहेको बेला सागर लम्सालले पनि सामाजिक सञ्जालमा प्रेमिका सँगको तस्बिर साझेदारी गरेका छन् ।

उनको प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकै नै लोकप्रिय बन्दै गइरहेको एप टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडा सँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्ट बाट बुझ्न सकिन्छ । टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् ।

Image result for ‘बले’ र प्रिज्मा खतिवडा

हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा पनि निकै नै लोभलाग्दो छ । उनले सिरियलमा प्रस्तुत गरेका हाउभाउ र बले डान्सलाई दर्शकले औँधी रुचाउँछन् । यतिबेला सागर लम्साल बलेलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । केहिले पहिल्यै देखिनै शंका लागेपनि एकिन गर्न नसकेको प्रतिक्रिया दिइरहेका छन् भने धेरैले बधाई र शुभकामना दिएका छन् ।

Image result for ‘बले’ र प्रिज्मा खतिवडा

बलेकी प्रेमीका प्रिज्मा खतिवडाले पनि बले फिचर्ड हरेक गीतको टिकटक भिडियो पहिल्यैदेखि बनाउँदै आएकी थिइन् । यसकारण पनि उनिहरु प्रेम सम्बन्धमा निकै अगाडिदेखि रहेको अनुमान लगाउन सकिन्छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS