images

(कोभिड-१९) शंकामा टेकु अस्पतालमा पाँच विदेशी भर्ना

काठमाडौं, ५ चैत । (कोभिड-१९) आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ । भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले जानकारी दिए । उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो ।
एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको राजभण्डारीले बताए । सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने राजभण्डारी जानकारी दिए । टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड छ ।